Breaking

किन एक हुन सक्दैन कम्युनिष्ट ? के निर्वाचनको परिणामले फेरि ओली–प्रचण्डलाई एक बनाउला ?


काठमाडौँ — फुटकै कारण नेपालका कम्युनिष्ट पार्टीहरुले शक्ति आर्जन गर्न सकिरहेका छैनन् । विगतमा गठबन्धन सहित चुनावमा जाँदा झण्डै दुई तिहाईको सरकार बनाएका कम्युनिष्टहरुमा त्यसपछि देखिएको विचलनले यो निर्वाचनमा कांग्रेस मालमाल भएको छ । अर्थात झण्डै ६० प्रतिशत कम्युनिष्ट रहेको देशमा उनीहरुलाई नै भिडाएर कांग्रेसले सत्ताको स्वाद चाखिरहेको छ ।

वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको अधिंकाश पालिकामा अन्तिम मतपरिणाम आउने क्रम जारी छ । जसमा नेपाली कांग्रेस पहिलो दल बनेको छ भने फुटको शिकार बनेको एमाले दोश्रोमा खुम्चिएको छ । गत स्थानीय तह निर्वाचनमा २९४ स्थान जितेको एमाले अहिले लभगभ ९० सिट गुमाउने स्थितीमा देखिएको छ । यता विगतमा १०६ सिट जितेको माओवादीले भने झण्डै १६ सिट सुधार गरेको छ भन एमाले फुटेर बनेको एकीकृत समाजवादीले पनि १९ सिट हात पार्ने स्थिती देखिएको छ ।

यो तत्थ्याङकलाई विश्लेषण गर्दा पनि कम्युनिष्टहरुको फुटको कारण कांग्रेसलाई ५४ सिट फाईदा भएको छ । माओवादीले आफ्नो स्थान केहि सुधार गरेपनि कांग्रेसलाई नै बढि फाईदा पुगेको पछिल्लो स्थिती एकीकृत समाजवादी र एमालेलाई । अर्थात विगतमा २६६ सिट जितेर दोश्रो भएको कांग्रेसले आफ्नो स्थितीमा ६० सिट सुुधार गर्दै ३२६ तर्फको यात्रा गर्दैगर्दा सबै भन्दा फाईदा कम्युनिष्ट फुटकै भएको छ ।

झण्डै दुई तिहाईको सरकारको नेतृत्व गरिरहेको कम्युनिष्टहरुमा आएको फुटको नतिजा त्यसपछि लगातार कांग्रेसले उठाईरहेको छ । अर्थात विगतको संसदीय चुनावमा कम्युनिष्ट गठबन्धनका कारण स्वाद चाखेर तर्सिएको कांग्रेस गठबन्धन भन्दा कम्युनिष्ट एक हुन नदिने रणनितिमा रहँदा समेत कम्युनिष्टहरु भने जूगाको लडाइले वेफाइदा भोगीरहेका छन । आफ्नै हातमा डाडुपन्यु ल्याउने उनीहरुको ईच्छामा आफूमात्र ठिक भएको अहंकार बाधक बनेको छ । यता एमालेले पनि कम्युनिष्ट फुटको असर भोगेको महसुस भने गरेको छ ।

एमाले साईजमा आएकै कारण बाम गठबन्धनको सम्भावना बढेको चर्चा समेत सुरु भएको छ । जसले कम्युनिष्ट कार्यकर्ताहरुवीच तरङ नै आएको छ भने कांग्रेस झस्किएको छ । खुमलटार र वालकोट आउनेजानेको संख्या वाग्लिएको खबरहरुकाबीच एमालेकै नेताहरु समेत वाम एकताको पक्षमा खुल्न थालेका छन । एमालेले सबैभन्दा बलियो गढ मानेको क्षेत्र गण्डकी मै बढारिएपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अब वाम गठबन्धन गर्ने प्रस्ताव नै अघि सारेका छन ।

स्थानीय चुनावको यो परिणामले अब वाम गठबन्धनका लागि अवसर प्रदान गरेको बताएका उनले वाम गठबन्धन अबको आवश्यकता रहेको खासगरी माओवादीसँग गठबन्धन बनाउने विषयमा पार्टीको केन्द्रीय बैठकमा छलफल चलाउनेसमेत संकेत नै गरेका छन । यता अर्का नेता घनश्याम भुसालले पनि वाम एकता नभए देशबाट कम्युनिष्ट नै सकिने खतरा औल्याएका छन । पहिल्यैबाट वामएकताको पक्षमा रहेका उनी जस्तै अन्य नेताले समेत यो हारको समिक्षा गर्न शिर्ष नेतृत्वलाई आग्रह नै गरेका छन ।

तर अध्यक्ष केपी शर्मा ओली सहितका उनका वरीपरीका नेताहरुको भने घमण्ड अझै कम भएको छैन । हुन त माओवादी र एमाले दुवै पक्षले लोकतन्त्र बचाउनका लागि विचार मिलेको पार्टीसंग आवश्यक परेको खण्डमा गठबन्धन हुने कुरालाई नकारेका छैनन् । त्यस्तै एमालेले पनि गठबन्धन र पार्टीको फुट नै हारको मुख्य कुरा भएको अस्वीकार गरेको छैन । तर विगतमा टेष्ट भईसकेको एकता नटिकेको कारण देखाउदै एमाले नै झुक्नुपर्ने माओवादीको आशय छ भने एमाले अझै पनि बाहिर भने आफू वाघ नै भएको अभिव्यक्ती दिईरहेको छ ।

अर्को दल एकीकृत समाजवादीले भने गठबन्धनप्रति आशंका सुरु गरेपनि एमाले उसलाई दलको हैषियत दिने पक्षमा समेत छैन । यहि भूमरीको जालोमा फसेका कम्युनिष्टहरुको फाईदा भने अन्तत्वागत्वा कांग्रेसलाई पुगिरहेको छ ।