Breaking

मनोज पाण्डेविरुद्ध पीडितले दिईन बयान , मानव बेचविखन तथा ओसारपसार कसुर प्रमाणित


काठमाडौँ — सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध पीडितले अदालतमा बयान दिएकी छन् । पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिएकी हुन् । जिल्ला अदालत काठमाडौंबाट युवतीको बयान प्रमाणित भएको छ ।

सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी थिइन् । बयान प्रमाणित भएसँगै आरोपीलाई सो मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।