काठमाडौँ — रिस सेन्ट जर्मन पीएसजीका फरवार्ड केलियन एम्बाप्पे थप तीन वर्षका लागि पीएसजीमा नै बस्ने निश्चित भएको छ । उनको अन्तिम निर्णय सार्वजनिक हुनअघि पीएसजी र रियल मड्रिड दुवै क्लबले आआफ्नो दावी छाडेका थिएनन् । शुत्रबारमात्र उनकी आमा र एजेन्टले दुवै क्लबका अधिकारीसँग सम्झौताका सर्तबारे खुलेर कुरा गरेका थिए । दुवै क्लबले एम्बाप्पेलाई १५० मिलियन युरो दिन राजी भएका थिए ।
प्रतिलिपि अधिकार स्वयम् रहने गरी मासिक ४० मिलियन पाउण्डको प्रस्ताव थियो । हर सम्भव प्रयास असफल भएपछि शनिबार रियल बेटिस विरुद्ध ला लिगाको सिजनको अन्तिम खेलपछि रियल मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबका खेलाडीलाई ड्रेसिङ रुममा पुगेर आफ्ना खेलाडीलाई एम्बापे मड्रिड नआउने जानकारी गराएका थिए । विश्व विजेता फ्रान्सेली सुपरस्टार एम्बाप्पे आगामी सिजनदेखि मड्रिड आउनेमा रियलका अफिसियल ढुक्क थिए । यहाँसम्म कि एम्बापेले पुनः पीएसजी छानेपछि पनि रियलका उनका समर्थक कुनै न कुनै दिन एम्बाप्पेले रियल रोज्ने बताउन थालेका छन् ।
उनले बाल्यकालमा मड्रिडको जर्सीमा रोनाल्डोको फोटो टाँसेको तस्वीर भाइरल भएको थियो । त्यति मात्रै नभई उनले लामो समयदेखि मड्रिडको प्रशंसा पनि गर्दै आइरहेका थिए । अघिल्लो सातासम्म रियल मड्रिडका अधिकारीहरु एम्बाप्पेका एजेन्ट र अभिभावकसँग सकारात्मक छलफल गरिरहेका थिए ।एम्बाप्पेको यो निर्णण पूर्ण रुपमा पैसाबाट निर्देशित छैन ।
तर, धेरै हदसम्म यसले भूमिका खेलेको छ । एक महिना अघिदेखि पीएसजीले एम्बाप्पेलाई थप दुई वर्ष राख्नका लागि मोटो रकमको प्रस्ताव राखेको थियो । त्यस पश्चात उनको परिवारले मड्रिडसँग अनुबन्ध रकमको बारेमा प्रश्न गरेको थियो, जसमा मड्रिडलाई उनीहरुको स्तरभन्दा निकै तल झर्नु परेकाले एम्बाप्पे पुन पीएसजीमा बस्ने तय भएको बताइएको छ ।
प्रतिक्रिया