Breaking

अर्की युवतिले खोलिन मुख : प्रधानाध्यापकले बलात्कार गरेको आरोप


काठमाडौँ — पछिल्लो समय सामाजिक सञ्जालमा अल अबाउट डिवी स्किन’ मा भाग १ देखि भाग २० सम्मका टिकटिक भिडियो पोस्ट गरेर एकजना बलात्कार पीडितले आफूमाथि ब्युटी पेजेन्टको नाममाथि आफूमाथि बलात्कारको भएको घटना सुनाएपछि यसले निकै चर्चा बटुलिरहेको छ । पीडितको पक्षमा उभिएको जन लहरले यस्तै अर्की पीडितले आफूले भोग्नुपरेको हिंसाबारे मुख खोल्न बल प्रदान गरेको छ ।

आइतबार बिहान पीडितको फेसबुक अकाउन्टमा बलात्कारको बेलिबिस्तार लगाइएको पोस्ट सार्वजनिक गरिएको छ । जसमा उनले २०७२–७३ को समयमा उनीमाथि भएको हिंसाको जिकिर गरिएको छ । यसमा पीडितले आफू इटहरीको ब्लुमिङ लोटस इङ्गलिस स्कूलमा पढिरहेका बेला विद्यालयका प्रधानाध्यापकले उनीमाथि बलात्कार गरेको बताएकी छिन् । उनले प्रधानाध्यापकको नाम राज खड्का भएको जानकारी दिएकी छिन् ।