Breaking

काठमाडौँको मेयरमा बालेनको फराकिलो अग्रता


काठमाडौँ — काठमाडौँ महानगरपालिका मेयरमा वालेन साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् ।

आइतबार बिहान ८ः३० बजेसम्म १ लाख ४ हजार ५ मत गणना हुँदा साहले ३७ हजार ९ सय ४४ मतसहित फराकिलो अग्रता लिएका छन् ।

उनलाई नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २१ हजार २ सय २४ मतसहित पछ्याइरहेको अवस्था छ । बालेन काँग्रेसकी सिंह भन्दा १६ हजार ७ सय २० मतको बढी छ ।

एमालेका उम्मेदवार केशव स्थापित काँग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहभन्दा पछाडि परेका छन् । उनले एमाले २० हजार ७ सय ४ मत पाएका छन् । यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले ३७ हजार ८ सय ४६ मतसहित अग्रस्थानमा छिन् । उनलाई गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले १३ हजार २ सय ५ मतका साथ पछ्याइरहेका छन् ।