Breaking

भीरबाट लडेर सल्यानमा वृद्धको मृत्यु


काठमाडौँ — भीरबाट लडेर सल्यानमा वृद्धको मृत्यु भएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ जैतपानीका ७४ वर्षीय कल्चे डाँगीको गाउँ नजिकै रहेको भाँक्रेबारीमा भीरबाट लडेर मृत्यु भएको हो ।

शनिबार बाख्रा चराउन गएका वृद्ध डाँगी दिउँसो लडेर घाइते भएका थिए । घाइतेको सल्यान जिल्ला अस्पतालमा सामान्य उपचार पछि कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो ।

डाँगीको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।