Breaking

यौन हिंसाको विषयमा कानुन परिमार्जन गर्न माग, अधिवक्ता र आइजीपीको एउटै स्वर, कारबाही गर्नैपर्छ


काठमाडौँ — सौन्दर्य प्रतियोगितामा कतिसम्म कुरुप कार्यहरु हुनसक्छन् भन्ने इतिवृतान्त बुधबार बेलुका एक युवतीले सार्वजनिक गरेकी छिन् । आजभन्दा आठ बर्षअघि ‘मिस ग्लोबल इन्टरनेशनल’का नाममा आफुमाथि भएका यौन हिंसाको विषय सार्वजनिक गरेपछि अहिले चौतर्फी चासोका विषय बनेको छ ।

सौन्दर्य प्रतियोगिताका आयोजकबाटै आफुलाई बलात्कार जस्तो जघन्य अपराध एकपटक होइन, ६÷६ महिनासम्म पटकपटक भएको भन्दै बुधबार बेलुका एक युवतीले कहालीलग्दोइतिवृतान्त सार्वजनिक गरिन् । उनको कहानी सुनेपछि सामाजिक सञ्जालनै यतिबेला स्तब्ध बनेको छ । आजभन्दा ८ बर्षअघि सन् २०१४ मा आयोजना भएका ‘मिस ग्लोबल इन्टरनेशनल’का आयोजक मनोज पाण्डेले आफुलाई काठमाडौंको तारे होटलमा बोलाएर पियपदार्थमा बेहोसीको औषधी मिलाई पहिलोपटक बलात्कार पीडित युवतीको भनाइ छ ।

बुधबार टिकटकमार्फत २० भागमाश्रृखंलाबद्ध सार्वजनिक गरिएको भिडिओ बिहिबार इन्स्टाग्रासमा समेत सार्वजनिक भएपछि चौतर्फी चासोको विषय बनेको छ ।भिडियोमा उनले सानैदेखि मोडलिङमा रुचि राख्ने गरेको र कक्षा १२ को परीक्षा दिएपछि हाउस अफ फेसनमा अडिसन दिएको बताएकी छन् । त्यसमा छनोट नभए पनि उनको फोटो सार्वजनिक भएपछि भिसा ग्लोबल कन्सल्टेन्सीले ‘फोटोसुट’ का लागि अफर गरेको थियो ।

कन्सल्टेन्सीका सञ्चालकसमेत रहेका पाण्डेले आफुलाई सुन्दरी प्रतियोगिता आयोजना गर्न थालेको र प्रतियोगितामा भाग लिन आग्रह गरेपछि आफु तयार भएको समेत युवतीको भनाइ छ । जुन प्रतियोगितमा उनी मिस ट्यालेन्ट र मिस फोटोजेनिकसहित फस्ट रनरअप भएकी थिइन् । तर प्रतियोगिता सम्पन्न भएपछि आयोजक पाण्डेले ‘सक्सेस पार्टी’ भन्दै बानेश्वरको एभरेष्ट होटल बोलाएको रबेहोस बनाएर १६ बर्षको कलिलो उमेरमा बलात्कार गरेको उनको आरोप छ । त्यहाँ नग्न अवस्थामा फोटो÷भिडिओ खिचेर पटकपटक ६ महिनासम्म ब्लाकमेलिङ गर्दै बन्धकजस्तो बनाएको समेत उनले खुलासा गरेकी छन् ।

मानसिक यातनाले विछिप्त बनेपछि घटनाको विवरण उनले आफ्ना प्रेमिलाई बताएको समेत सार्वजनिक गरेकि छन् ।आक्रोशित प्रेमीले बलात्कार आरोपी पाण्डेलाई कन्सल्टेन्सीमै पुगेरकुटेको, आफूले पनि एक–दुई झापड हानेको र माफी माग्न लगाएको उनको भनाई छ । त्यतिनै बेला उक्त सौन्दर्य प्रतियोगिताको कोरियोग्राफरसमेत रहेकी पूर्वमिस नेपाल माल्भिका सुब्बासँग गुहार मागेको तर ‘त्यो तिम्रो समस्या हो, मेरो होइन’ भन्दै उल्टै हकारेपछि आफु झनै विछिप्त भएको बताएको युवतीको भनाइ छ । सुरुमा कसैको पनि नाम नलिने बताएपनि पछि घटनामा सम्बन्ध भएका सबैको विवरण सार्वजनिक गरेकी छन् ।
अहिले घटनामा जोडिएकी पूर्वमिस नेपाल माल्भिका सुब्बाले स्पष्टिकरण दिँदै माफीसमेत मागेकी छन् ।सामाजिक सञ्जालमा आफ्नाविरुद्ध प्रतिक्रिया आउन थालेपछि सुब्बाले स्पष्टिकरण दिएर त्यो अवस्थामा आफुसमेत मानसिक तनावमा रहेको बताएकी छन् । घटनामा जोडिएका फोटोग्राफरश्रीधर पौडेलले समेत आफ्नो कुनै दोष नभएको स्पष्टिकरण दिएका छन् । मुख्य आरोपी पाण्डेले यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर यही घटनाका कारण आफ्ना सामाजिक सम्बन्धहरु टुटेको र त्यसपछिका सबै प्रेमीहरुले आफुलाई त्यही कारण दुरव्यवहार गरेकोसमेत युवतीको भनाइ छ ।

त्यसयता पटकपटक आत्महत्याको प्रयास गरेको, विभिन्न औषधीको साहरा लिएको र थेरापीमार्फत आफुलाई पूर्ववत अवस्थामा फर्काउने प्रयास गरेपनि असफल भएको युवतीको भनाइ छ । अहिले घटना सार्वजनिक भएपनि एक बर्षे हदम्यादका कारण न्याय नपाउने होकि भन्ने चिन्ता युवतीको छ ।

यसविषयमा कानुनविज्ञहरु भने अदालतले नजिरहरु पनि स्थापित गर्दै ‘जाने अभ्यास भएको र विगतमा पनि केही यस्ता नजिर बसेकाले प्रहरी र सरकारी वकिलको कार्यालयले सरकारवादी मुद्दाका रुपमा अघि बढाउँदा पीडितले न्याय पाउने ठाउँ रहेको बताएका छन् ।

तर घटना सार्वजनिक भएको दुईदिनसम्म पनि आरोपी पाण्डेलाई प्रहरी पक्राउ नगरेको विषयमाथि प्रश्न उठिरहेको छ । हदम्यादका कारण प्रहरी पछि पर्न सक्ने चिन्ता भएपनि यसमा अनुसन्धान गर्न सक्ने पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बताउँछन् ।

यो विषयमा संसदमा समेत कुरा उठेपछि आरोपीलाई कानुनी दायरामा ल्याउन सभामुखले सरकारलाई निर्देशन दिएका छन् ।

अहिले पीडित युवती र उनका परिवारलाई भेटेर प्रहरीले परामर्श थालेको छ । जसबाट उनले न्याय पाउँछिन् कि पाउँदिन हेर्न बाँकी छ । तर उनले यही घटनासँगै डिल्लीबजारको अर्काे एक एजेन्सीले समेत मोडल बनाइदिने नाममाआफ्नो बलात्कार गरेको सार्वजनिक गरेकी छन् । यसले पनि घटनामा लहरो तान्दा पहिरो आउने सम्भावना निकै बलियो छ । उनको न्यायका लागि सडकमा प्रदर्शन र धर्नासमेत सुरु भएका छन् ।