Breaking

नागार्जुन नगरपालिका मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी


काठमाडौँ — काठमाडौँको नागार्जुन नगरपालिकाको मेयर नेपाली कांग्रेसले जितेको छ । उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अघिल्लो पटकका मेयरसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले १० हजार १८६ मत ल्याएर विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दन हरि गौतमले ८ हजार ३६८ मत पाएका छन् ।

यस्तै राप्रपाका उम्मेदवार ध्रुव प्रसाद खनालले २ हजार ४६९ मत पाएका छन् । उपमेयरमा एमालेकी उम्मेदवरा सुशिला अधिकारी ९ हजार ४७४ मत ल्याएर विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी राप्रपाकी कल्पना नेपालीले २ हजार ७५३ मत पाइन् । कांग्रेससँग गठबन्धन गरेको नेकपा एकीकृत समाजवादीका कृष्णहरि खत्रीले २ हजार १२६ मत मात्रै प्राप्त गरे ।