Breaking

सेती नदीमा बस खस्दा १२ जना घाइते, १८ महिने बालक बेपत्ता


काठमाडौँ – आज बिहान डोटीमा यात्रुबाहक बस सेती नदीमा खस्दा एक बालक बेपत्ता भएका छन् ।

कैलालीको धनगढीबाट अछाम जाँदै गरेको ना ५ ख ९६६३ नम्बरकोे बस डोटीको शिखर नगरपालिका–१ स्थित जेरुपानीमा सडकबाट नदीमा खस्दा अन्य १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीकाले जनाएको छ ।

१२ जना घाइतेमध्ये एक जनाको अवस्था गम्भिर छ । ‘बिहान सवा ५ बजेतिर बस दुर्घटनामा परेको हो, एक जना १८ महिने बच्चा नदीमा बेपत्ता छन्,’ भने, ‘नदी आसपासमा खोजीकार्य भइरहेको छ ।’

केआई सिंह राजमार्गमा पर्ने जेरुपानीमा सडकबाट करिब ७० मिटर तल सेती नदीको किनारमा बस खसेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसका चालक फरार भएका छन् ।