Breaking

ओलीको गृहनगरमा एमाले पराजित


काठमाडौँ – झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा राप्रपाका थापा विजयी भएका हुन् ।

थापा विजयी भएकोबारे निर्वाचन आयोगले औपचारिक घोषणा गरिसकेको छैन । झापामा सत्ता गठबन्धनसहित राप्रपाको गठबन्धन रहेको थियो भने एमाले एक्लै लडेको थियो । योसँगै दमकमा एमालेको लामो समयदेखिको विरासत ढलेको छ ।