Breaking

भरतपुरमा ३ हजार २४० मतान्तरले रेनुको अग्रता


काठमाडौँ — भरतपुर महानगरपालिका मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले अग्रता बढाउदै लगेकी छन् । ५४ हजार ७८० मतगणना हुँदा उनले ३ हजार २४० मतान्तर कायम गरेकी छन् ।

गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले २० हजार ७३९मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १७ हजार ४९९ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ९५६ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २३ हजार १८८ मत पाउँदा राप्रपाका हिमला गुरुङको मत १३ हजार ८९३ मत पाएकी छन् ।