Breaking

बालेनको २६ हजार मत कट्यो


काठमाडौँ — काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहको मत २६ हजार मत कटाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार साहले २६ हजार ५९१ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १४ हजार १६५ मत ल्याएका छन्।

नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ५६२ मत पाएकी छन् । उपप्रमुखतर्फ एमालेकी सुनिता डंगोलले २६ हजार ५७५ मत ल्याएकी छन् ।

नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत पाएका छन् । शुक्रबार बिहानसम्म काठमाडौंमा ७० हजार ३८९ मत गनिसकिएको छ ।