Breaking

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता दोब्बर


काठमाडौँ — कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ९गोपी०ले निरन्तर अग्रता लिइरहेका छन् ।

४२ हजार २३० मतगणना हुँदा हमालले प्रतिस्पर्धीसँगको अन्तर फराकिलो बनाइसकेका छन् । हमालले नेपाली कांग्रेसका नृपबहादुर ओडलाई ९५५७ मतले पछि पारेका छन् ।

हमालले १९ हजार १४७ मत ल्याएर पहिलो स्थानमा रहेका छन् । यो दोस्रो स्थानमा रहेका ओडको भन्दा दोब्बरले बढी हो । कांग्रेसका ओडले जम्मा ९ हजार ५५७ मतमात्रै पाएका छन् ।

मेयरमा तेस्रो स्थानमा रहेका नेकपा एमालेका रणबहादुर चन्दले ४६६४ मत ल्याएका छन् ।