Breaking

मत परिणामलाई लिएर दलकाहरु आ–आफ्नै दाबी, गठबन्धन सफल भएको भन्दै काँग्रेस र माओवादी हौसिए


काठमाडौँ — स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्मको नतिजालाई लिएर नेताहरुले निर्वाचनको समिक्षा गर्न थालेका छन् । जसमा गठबन्धनका दुई ठूला दलले निर्वाचनमा आफू पूर्ण सफल भएको बताएको छ भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफूले पाएको मत निराशाजनक नभएको दाबी गरेको छ । स्थानीय निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा राजनीतिक दलहरु आ–आफ्नै बचाउमा केन्द्रित बनेका छन् । जसमा गठबन्धनकै कारण आपूm पूर्ण रुपमा सफल भएको माओवादी नेता दाबी गरिरेहका छन् ।

चुनाव अघि गठबन्धन पत्तासाप हुने र पछार्ने भन्दै विरुद्धमा उक्रिएको प्रतिपक्ष नेकपा एमाले यतिबेला काँग्रेस भन्दा निकै पछाडी छ । हालसम्मको मत परिणाम अनुसार दोस्रो स्थानमा रहेको एमालेले अन्य पार्टीसँग थोरै मतअन्तर रहेका ठाउँहरुमा गठबन्धनका कारण आफुहरुको पराजय भएको बताएको छ । यद्दपी एमालेले ४८ सालदेखि आएको जनमत यस निर्वाचनबाट पनि तलमाथि नभएको जिकिर गरेको छ ।

आफ्नो पार्टीबाट चोइटिएर गएको नेकपा (एकीकृत समाजवादी)लाई सभामुख र अदालतले बचाइदिएको भएपनि जनताले नबचाइदिएको एमालेको टिप्पणी गरेको छ । यता एमाले सांसद भीम रावलले स्थानीय तह निर्वाचनमा एमाले हारको विभिन्न पाटाहरु भएको बताएका छन् । एमालेको विभाजन पनि हारको कारण भएको उनको भनाई छ । त्यसैगरी पार्टीहरु प्रति जनताले हेर्ने दृष्टिकोण र वितृष्णा रहनु अर्को कारण भएको उनले उल्लेख गरेका छन् ।

त्यसैगरी एमाले सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको उनको दाबी छ । उनले पार्टी हारको कारण उम्मेद्वार छनौटमा कमजोरी हुनु रहेको बताएका छन् । काठमाडौं महानगरपालिकामा कांग्रेस, एमाले लगायतका ठुला दलहरुलाई चुनौती दिदैँ स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरुको निम्ति खतराको घण्टी भएको एमाले नेताहरुले टिप्पणी गरेका छन् ।

यस्तै काठमाडौँ महानगरपालिकामा विगत पाँच वर्षमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती मौलाएका कारण जनताले राजनीतिक दलहरुलाई भोट नदिएको बताएका छन् । स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंबासिले परिक्षण गर्न खोजेकोएमाले नेताहरुको े तर्क छ । यता माओवादी नेताहरुले भने स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको दाबी गरेका छन् । स्थानीय निर्वाचनमा लाभ मिलेको भन्दै थप हौसिँएको माओवादी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्म यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको छ ।