Breaking

अन्ततः समसेरले वडाध्यक्षमा गोला प्रथाबाट मारे बाजी


काठमाडौँ — महोत्तरीको बर्दिबास नगरपालिका–८ को अध्यक्षका दुवै जना उम्मेदवारले बराबरी मत ल्याए पछि गोला प्रथाबाट विजयी घोषणा गरिएको छ ।

गोलाप्रथा गर्दा नेकपा माओवादी केन्द्रका समसेर सिंह विजयी भए । मतगणना बाँकी छँदै उनी विजेता घोषणा भएका थिए । र उनले विजय उत्सव समेत मनाइसकेका थिए । तर निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न छुटेको भन्दै उक्त मतपेटिकाको मत गणना कार्य अघि बढायो ।

मतगणनाको क्रममा नेकपा एमालेका रुद्रबहादुर किङगरिया मगर र समसेर सिंह दुवै जनाले बराबरी मत ७६७ पाए । बराबरी मत आएपछि गोलाप्रथा गर्दा अन्ततः समसेर सिंह नै भाग्यमानी ठहरिए र उनको खुशीमा पूर्ण विराम लागेन ।