देश

काँग्रेस नेता सिटौलाको वडामा नेकपा एमाले विजयी


काठमाडौँ — नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृह वडामा नेकपा एमाले विजयी भएको छ । सिटौलाको घर रहेको झापाको भद्रपुर नगरपालिका–१० को वडाध्यक्षमा एमालेका टेकबहादुर खड्का विजयी भएका हुन् ।

खड्काले काँग्रेसका विष्णुप्रसाद काफ्लेलाई ३०९ मतले पराजित गरी वडाध्यक्षमा जित हासिल गरेका छन् । खड्काले १ हजार ४८० मत ल्याउँदा काफ्लेले १ हजार १७१ मत पाएका छन् । उक्त वडामा राप्रपाका उम्मेदवार खेमराज भट्टराईले ७०६ मत ल्याएका छन् ।