राजनीति

एमालेले जुम्लाका कुनै पालिकामा जितेन


काठमाडौँ — नेकपा एमालेले जुम्लाका कुनै पनि पालिकामा अध्यक्षरउपाध्यक्ष र प्रमुखरउपप्रमुख जितेको छैन । निर्वाचनको अन्तिम मतपरिणामअनुसार जुम्लाका आठ वटा पालिकामध्ये एउटा पालिकामा अध्यक्षमा दोस्रो स्थानमा आएको छ भने अरू सबै पालिकामा तेस्रो स्थानमा छन् । जुम्लाको एक पालिकामा स्वतन्त्र उम्मेदवार प्रमुख जितेका छन् भने अरू पालिकामा कांग्रेस र माओवादीले प्रमुख पद जितेका छन् ।

कनकासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । यहाँ एमाले तेस्रो स्थानमा छन् ।गुठीचौर गाउँपालिकामा पनि नेकपा एमाले तेस्रो स्थानमा छ । गुठीचौरमा कांग्रेसले नै अध्यक्ष र उपाध्यक्ष जितेको छ । चन्दननाथ नगरपालिकामा मेयरमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उठेका उम्मेदवार राजुसिंह कठायतले जितेका छन् । उपमेयरमा कांग्रेसकी रमादेवी खड्काले जितेकी छन्। यहाँ एमालेबाट मेयरका उम्मेदवार तेस्रोमा छन् भने उपमेयरका उम्मेदवार चौथो स्थानमा छन् ।

तातोपानी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र माओवादीबाट उपाध्यक्ष निर्वाचित भएका छन्। यो पालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार तेस्रो स्थानको मत ल्याएका छन् । तिला गाउँपालिका, सिंजा गाउँपालिका, पातारासी गाउँपालिका र हिमा गाउँपालिकामा पनि एमालेका उम्मेदवार तेस्रो स्थानमा छन् । यीमध्ये तिला गाउँपालिकाको अध्यक्षरउपाध्यक्षमा माओवादी केन्द्र, पातारासी र सिंजा गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष र माओवादीबाट उपाध्यक्ष, हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसले जितेको छ ।

२०७४ को स्थानीय तहमा नेकपा एमालेले जुम्लाको एउटा पालिकामा अध्यक्षम जितेको थियो । तिला गाउँपालिकामा एमालेका रतननाथ योगी निर्वाचित भएका थिए भने उपाध्यक्षमा माओवादी केन्द्रकी विष्णुमाया बुढा निर्वाचित भएकी थिइन् । २०७४ मा जुम्लाका चार वटा पालिकामा कांग्रेस र तीन पालिकामा माओवादी केन्द्रले नेतृत्व लिएको थियो ।