Breaking

बालेनको २० हजार मत कट्यो


काठमाडौँ — काठमाडौँ महानगरपालिको प्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएका बालेन शाहले २० हजार मत कटाएका छन् ।

बिहीबार बिहानसम्म ५२ हजार ५१० मतगणना हुँदा बालेनले २० हजार २६ मत पाएका छन् । यस्तै उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १० हजार ६३८ र कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५५६ मत पाएकी छन् ।