Breaking

मत गणनास्थलमा कार्यकर्ताले आन्दोलन सुरुगरेपछि सेना परिचालन्


काठमाडौँ — धरान उपमहानगरपालिका वडा नम्बर २० मा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइए पश्चात् माओवादी केन्द्रका कार्यकर्ताले आन्दोलन सुरुगरेपछि धरानको मत गणनास्थलामा सेना परिचालन भएको छ । माओवादी कार्यकर्ताहरुले जनताले दिएको मत सदर गर्नुपर्ने माग राखेर आन्दोलन चर्काए पश्चात् मतगणनास्थल पब्लिक माबिमा सेना परिचालन गरिएको हो । धरान २० को २०२१ मत खसेको थियो । सबै मत गणना गर्दा हस्ताक्षर बिनाको १८ मत बदर गरिएपछी कांग्रेस उम्मेदवारले जित्ने निश्चित भएपछि माओवादीले आन्दोलन चर्काएको छ ।

१८ मत सदर गरिए माओवादीको ११ भोट सदर हुने छ र माओवादी उम्मेदवारले विजय गर्ने भएपछि माओवादी आन्दोलित भएको हो। १८ मत मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि निर्वाचन अधिकृतको कार्यालयले बैठक बसि मतदान अधिकृतलाई विभागिय कारवाही गर्ने निर्णय गरेका छन् । माओवादीका नेता राजेन्द्र किरातिले १८ मत सदर नगरिए धरान २० मा पुनः मतदानको ब्यवस्था गर्न माग गरेका छन् । उनले जनताले दिएको मत मतदान अधिकृतको चरम लापरवाहीले बदर भएको भन्दै आपत्ती प्रकट गरे ।

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १४ मतले अग्रता लिएका छन् । २८५६६ मतगणना सकिँदा स्वतन्त्र उम्मेदवार साम्पाङले गठबन्धनका उम्मेदवार किशोर राईलाई १४ मतले पछि पारेका हुन् । पछिल्लो मतगणना नतिजाअनुसार साम्पाङले ८१४० मत प्राप्त गरेका छन् भने गठबन्धन उम्मेदवार राईले ८१२६ मत प्राप्त गरेका छन्। एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६७१३ मत प्राप्त गरेकी छिन् ।