Breaking

मतपत्र: चोर नेताहरुलाई नो भोट


काठमाडौँ — हेटौंडा उपमहानगरपालिकाको मतपत्रमा मतदाताले चोर नेताहरुलाई नो भोट भनेर आक्रोश पोखेको भेटिएको छ । हेटौंडा उपमहानगरको वडा नम्बर ४ भुटनदेवी माध्यमिक विद्यालय मतदान केन्द्रको जारी मतगणनामा नो भोट भनेर लेखिएको पाइएको हो ।

मतदाताले मेरो भोट, चोर नेताहरुलाई नो भोट भनेर लेखेका छन् । मंगलबार पनि सोही वडामा नो भोट लेखिएको मतपत्र भेटिएको थियो ।