Breaking

पोखरा मतगणना स्थलमा एमालेको नाराबाजी


काठमाडौँ — पोखरा महानगरपालिकाको मतगणना स्थलमा नेकपा एमालेले नाराबाजी गरेको छ । चुनावमा धाँधली भएको भन्दै मतगणना भइरहेको स्थल जिल्ला समन्वय समितिको परिसरमा एमालेले नाराबाजी गरेको हो ।

नाराबाजी बढ्दै गएपछि प्रहरीले बल प्रयोग गरेको छ । मतगणना जारी रहेको छ । पोखरा महानगरपालिका वडा नम्बर ७ को मत गणनामा विवाद भएपछि बाहिर निस्केर नाराबाजी गरेका हुन् ।

मत गणनामा गठबन्धन दलका प्रतिनिधि र एमालेका कार्यकता बिच भनाभन भएपछि बाहिर निस्केका थिए ।