Breaking

पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्वाचन आयोगको निर्देशन


काठमाडौ — निर्वाचन आयोगले बढीमा पाँच दिनभित्र सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न गर्न मातहतका अधिकारीलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा तोकिएकै मितिमा मतगणना सम्पन्न गर्न प्रयास भइरहेको र विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकामा पनि ५ दिनभित्र मतगणना सम्पन्न गर्न निर्देशन दिएको हो ।

‘यही वैशाख ३० गते मतदान सञ्चालनकै क्रममा केही पालिकाका केही मतदान केन्द्रमा अनपेक्षित अवस्था सिर्जना भई मतदान स्थगन भएकोमा त्यस उपरान्त विभिन्न मितिमा मतदान कार्य सम्पन्न हुँदै गइरहेको छ । वैशाख ३० गते निर्वाचन सम्पन्न भएका पालिकाहरुको मतगणना कार्य प्रारम्भ भई आज मध्यान्हसम्म चार सय ६० पालिकाहरुको अन्तिम परिणाम प्राप्त भइसकेको र अन्यको परिणाम धमाधम आइरहेको छ ।