काठमाडोँ — रामेछापको लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार केशव महत निर्वाचित भएका छन् । महतले १ हजार ४ मत अन्तरले नेकपा एमालेका उम्मेदवार कमलप्रसाद कडरियालाई पराजित गरेका हुन् । महतले ५ हजार ११२ मत पाउँदा कडरियाले ४ हजार ८ मत ल्याए ।
उपाध्यक्षमा भने एमाले उम्मेदवार दीपा पाख्रिन विजयी भएकी छन् । कांग्रेस उम्मेदवार सरस्वती गुरुङ खड्का पाख्रिनलाई पराजित गर्दै उनी निर्वाचित भएकी हुन् । दीपाले ४ हजार १२६ मत प्राप्त गर्दा सरस्वतीले ३ हजार ९३३ मत ल्याइन् । २०७४ सालको निर्वाचनमा लिखु तामाकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।


प्रतिक्रिया