Breaking

प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारले लक्ष्य लिएको छ : विश्वनाथ पौडेल


काठमाडौँ — राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले महिनावारीमा लगाइने प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारले लक्ष्य लिएको बताउनु भएको छ । आज बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले महिनावारी महिलाहरुको समस्याको रुपमा देखा परेको उल्लेख गर्दै ती समस्या हल गर्नका लागि सरकारले विद्यालयहरुमा महिनावारीमा लगाइने प्याड निःशुल्क वितरण गरिरहेको र अव सबै महिलाहरुलाई निःशुल्क वितरण गर्ने गरी बजेट, नीति तथा कार्यक्रम ल्याउने बताउनु भयो । उहाँले पहाडका विद्यालयहरुमा महिला छात्राबासको संख्या बढाउने विषयलाई पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने योजना प्रस्तुत गर्नु भयो ।

विद्यालय तहका छात्राहरुलाई अध्ययनका लागि सहज बनाउन पनि सरकारले पहाडका विद्यालयहरुमा छात्राबासको आवश्यक्त व्यवस्था मिलाउनुको विकल्प नरहेको उपाध्यक्ष पौडेलले बताउनु भयो । उहाँले भन्नु भयो, ‘सबभन्दा ठूलो इस्यू चाँही मैले महिला छात्राबासहरुको देखिराखेको छु । बजेटमा पनि जजसको पावर छ, उसले मात्रै काम गर्ने÷गराउने गर्दाखेरी उल्टो रिजल्ट आएको देखिएको छ । सबभन्दा बढि पहाडका स्कुलहरुमा छात्राबासको आवश्यक्ता भएकाले त्यसमा बजेटलाई फोकस गर्न लागिएको छ । त्यसैगरी महिनावारीमा लगाइने प्याडहरु देशभर निःशुल्क वितरण गर्ने सरकारको लक्ष्य छ ।