Breaking

हचुवाको भरमा दुई दिन बिदा दिइयो: योगेश भट्टराई


काठमाडौँ — प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले हचुवाको भरमा दुई दिन बिदा दिइएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिदै भट्टराईले विकल्प नसोचेर हचुवाको भरमा सरकारले दुई दिन बिदा दिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ुसरकारले दुई दिन बिदाको कुरा गरेको छ । दुई दिनको विदा केका लागि दुई दिन बिदा केका लागि पेट्रोलियम पदार्थको खपत घटाउनका लागि हो भने त्यो प्रत्युत्पादक हुन्छ ।

उनले दुई दिन बिदा हुँदा राष्ट्रि श्रम शक्तिलाई अघाडि बढाउन नसक्ने बताए। दुई दिन बिदाले कुनै प्रतिफल दिन सक्दैन । थप बिदा दिँदा राष्ट्रिय श्रम शक्तिलाई कसरी अघि बढाउन सक्छ देशको पर्यटन उद्योगलाई बढाउने उपाय नसोचेर हचुवाको भरमा बिदा दिइएको छ ।