Breaking

आरजुलाई योगेश भट्टराईको जवाफ–५ जनालाई विदेश पठाएर मुलुक अघि बढ्दैन


काठमाडौँ — नेकपा एमालेका नेता योगेश भट्टराईले ५र६ जनालाई विदेश पठाएर देशको रोजगारीको समस्या समाधान नहुने जवाफ दिएका छन् । उनले नेपाली काँग्रेस तथा प्रधानमन्त्री शेरबहादुर पत्नी आरजु राणालाई जवाफ फर्काउँदै केही युवालाई विदेश उठाउँदैमा रोजगारीको समस्या समाधान नहुने बताएका हुन् ।

आरजु राणाले स्थानीय निर्वाचनको समयमा आफ्नो पक्षमा मत खसाल्ने युवामध्येबाट केहीलाई छानेर मलेसिया पठाउने घोषणा गरेकी थिइन् । आज प्रतिनिधि सभामा बोल्दै भट्टराईले भने, ‘प्रत्येक वर्ष १८ वर्ष पुरा गरेर रोजगार बजारमा आउने ५ लाख युवालाई रोजगारी दिनुपर्छ ।’ त्यसैले ५र६ जना युवालाई विदेश पठाउँदै देशमा रोजगारीको अवसर सृजना गर्न नसक्नु दुःखद भएको उनले बताए । ‘