Breaking

मेटमणिका भाइदेखि दिदीसम्म चुनावमा पराजित


काठमाडौँ — नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीका भाइदेखि दिदीसम्म चुनावमा पराजित भएका छन् । नेकपा माओवादी केन्द्रसँग तालमेल गरेपनि आफ्नै वडा र पालिका उपाध्यक्ष जिताउन मेटमणि असफल भएका छन् ।

मेटमणिको गृह पालिका गढवाको वडा नम्बर ७ को अध्यक्षमा उनका भाइ पुरन चौधरी उठेका थिए । एकीकृत समाजवादीबाट आफ्नै वडा अध्यक्षमा उठाएका पुरनले ५०३ मत ल्याएर पराजित भएका छन् । मेटमणिको वडामा अध्यक्षमा काँग्रेसका राहुलदेव चौधरीले ९९१ मत ल्याएर विजयी भएका छन्। मेटमणिले माओवादी केन्द्रसँग चुनावी तालमेल गरेपनि आफ्नै भाइलाई जिताउन असफल भएका छन् ।

यस्तै मेटमणिले आफ्नै दिदी शान्तिलाई माओवादीसँग तालमेल गरेर एकीकृत समाजवादीबाट उपाध्यक्षमा उठाएका थिए । शान्तिले समेत उपाध्यक्षमा पराजित भएकी छन् । अन्तमा काँग्रेसबाट उठेकी शारदा चौधरी विजयी भएकी छन् । शारदाले ५१८१ मत ल्याएर विजयी भएकी छन् । एमालेकी सीता चौधरीले ४८३० मत र एकीकृत समाजवादीकी शान्ति चौधरीले ४११२ मत ल्याएर तेस्रो भएकी छन् ।