राजनीति

पश्चिमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्र विजयी


काठमाडौँ — कांग्रेस र एमालेको गठबन्धनलाई तोड्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । आज बिहान सार्वजनिक अन्तिम मतर परिणाम अनुसार नगरप्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरी शर्मा विएम विजयी भएका हुन् । नगरप्रमुखमा विजयी माओवादी केन्द्रका पुष्प वादी ६८८२ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमबहादुर वलीले ६३११ मत पाए । उनीहरुबीचको मत अन्तर ५७१ छ । यसैगरी उपप्रमुखमा माओवादी केन्द्रकी इश्वरी शर्मा विएम ७ हजार २ मत सहित विजयी भइन् ।

उनले नेकपा एमालेका उम्मेदवार टंक प्रसाद ओलीलाई १ हजार २५८ मतले पछि पारिन् । ओलीले ५७४४ मत पाए । चौरजहारी नगरपालिकाका अधिकांश वडाहरु पनि माओवादी केन्द्रले जितेको छ । नगरपालिकाका १४ वटा वडाहरुमध्ये वडा नम्बर ६ र ९ मा कांग्रेस र अन्य सबैमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । वडा नम्बर १ मा माओवादी केन्द्रका इन्द्रे गिरी, २ मा विरबहादुर राना, ३ मा लालबहादुर बुढा, ४ मा गोपाल बहादुर भण्डारी, ५ मा खुमबहादुर खड्का विजयी भएका छन् ।