Breaking

मरिण गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित


काठमाडौँ — सिन्धुलीको मरिण गाउँपालिका अध्यक्षमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका विमर्श मोक्तान निर्वाचित भएका छन् ।

मोक्तानले ५१९४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दलाल माझीले ४७६० मत पाए । अध्यक्षमा निर्वाचित मोक्तान यसअघिका वडा नं ३ का वडाध्यक्ष हुन् । उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसकी बिमला माझीले ५२८१ मत प्राप्त गरेर निर्वाचित भइन् ।

उनको निकटतम प्रतिस्पर्धी स्वतन्त्रबाट मञ्जु माझीले ५०८ मत प्राप्त गरिन् । ७ वडा रहेको मरिणमा वडा नं ४ मा एमालेले जित हासिल गरेको छ भने बाँकी ६ वडामा मााओवादी केन्द्रले विजयी हासिल गरेको छ । २०७४ को स्थानीय निर्वाचनमा मरिण गाउँपाालिका अध्यक्ष, उपाध्यक्षसहित सबै माओवादी केन्द्रले जितेको थियो ।