Breaking

काठमाडौँ वडा नम्बर ७ को गणना सुरु : बालेनलाई ४८, स्थापितलाई ८ भोट


काठमाडौँ — काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को मत गन्न थालिएको छ ।

वडाका पहिलो सय मत गन्दा लौरोबाट उठेका स्वतन्त्र उम्मेदवार बालेन साहले ४८ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितको पक्षमा ८ मत मात्रै खसेको छ । उता नेपाली कांग्रेसकी सिर्जना सिंहको पक्षमा २१ मत खसेको छ ।

सुस्त गतिमा जारी मतगणनामा अहिलेसम्म २ वटा वडाको सकिएको छ यी दुईवटा वडामा नेकपा एमाले विजयी भइसकेको छ ।

राष्ट्रियसभा गृहमा अहिले ९ वटा वडाको मतगणना भइरहेको छ । यो अवस्थामा बालेनको पक्षमा १५,९०६ मत परेको छ । उता स्थापितको पक्षमा ८,४२७ र सिंहको पक्षमा ७,५२ मत खसेको छ ।