Breaking

दाङको तुलसीपुरमा एमाले उम्मेदवार अगाडि


काठमाडौँ — दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

नेकपा एमालेका मेयर उम्मेदवार टिकाराम खड्काले ७२१ मत पाउँदा सत्ता गठबन्धन साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ७०१ मत पाएका छन् ।

उपप्रमुखमा पनि एमालेकी स्यानी चौधरी नै अगाडि छिन् । उनले ७४१ मत पाउँदा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानाले ५२८ मत पाएका छन् ।