राजनीति

सोलुदुधकुण्ड ५ को वडाध्यक्षमा एमालेका मिङमार तामाङ निर्वाचित


काठमाडौँ — सोलुदुधकुण्ड नगरपालिका ५ को वडा अध्यक्षमा नेकपा एमालेका मिङमार तामाङ निर्वाचित भएका छन् ।

गएराती सम्पन्न गतगणना अनुसार नेपाली कांग्रेसका छिरिङ तामाङलाई ४४ मतले पछि पार्दै निर्वतमान वडाध्यक्ष समेत रहेका मिङमार पुनः निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सन्तोष प्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार मिङमारले ४२१ मत प्राप्त गर्दा छिरिङले ३७७ मत प्राप्त गरेका छन् । वडाको महिला र एक खुल्ला गरि २ सदस्य एमालेले जितेको छ भने दलित महिला र अर्का एक खुल्ला सदस्य काग्रेसले जितेको छ ।