Breaking

डडेल्धुराको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी


काठमाडौँ — डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत बडायर जोशी र उपमेयरमा माओवादी केन्द्रकी विमलाकुमारी बोहोरा विजयी भएका छन् ।

जोशी २८ वर्षका भए भने बोहोरा ३१ वर्षकी हुन् । जोशीले माओवादी केन्द्रका शेरसिंक माल डायमण्डलाई १३६ मतान्तरले पराजित गरेका हुन् । जोशीले ५९४१ मत ल्याए भने माओवादीका डायमण्डले ५८०५ मत ल्याए । मेयरमा तेस्रो भएका एमालेका उम्मेदवार केशव बोहराले २६०६ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा भने माओवादी केन्द्रकी विमलाकुमारी बोहोरा विजयी भएकी छन् ।उनले ५८८५ ल्याएर विजयी भइन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकै कलावती बोहोराले ४५९३ मत लाइएकी छन् भने तेस्रो भएकी एमालेकी गोमती पन्तले ३२९६ मत ल्याइन् ।