काठमाडौँ — भगवान बुध्दको जन्म स्थल मायादेबी मंदिर भित्रको गोप्य तस्बीर भारतीय प्रधानमन्त्री नरेंद्र मोदी गौतम बुद्ध अन्तर्राट्रीय बिमान स्थलको उद्घाटनको लागी आउदा सार्बजनिक भएको छ । यस अघि सम्बेदंशील ठाउँ भनेर नेपाली नागरिक भारतीय पर्यटक लगायत अन्य बिदेशी पर्यटक र मीडियालाई समेत फोटो खिच्न निषेध गरिएको ठाँउमा भारतीय प्रधानमन्त्री नरेंद्र मोदीका पत्रकारले उक्त तस्बीर खिचेर नरेंद्र मोदीको अफिसियल फेसबुक पेजमार्फत सार्बजनिक भएको छ ।

यस अघि पनि भारतीय प्रधानमन्त्री नरेंद्र मोदी नेपाल भ्रमणमा आउदा मुक्तिनाथ मन्दिर भित्रको तस्बीर सार्बजनिक भएको थियो । जून बिषयमा सामाजिक संजाल लगायत बिभिन्न मीडियामा यस तस्बिरको गोपनीयताको बारेमा सरकार बिरुद चर्को आलोचना भएको थियो । जून ठाउँ नेपाल सरकार ले फोटो खिच्न निषेध भनेर प्रतिबंध लगाइरको थियो । त्यसैले गर्दा जब जब भारतीय मीडिया हरुले नेपालको कानून माथि ठाडो हस्तक्षेप गर्दै नेपाली गोपनियता भंग गर्दा पनि नेपाल सरकार चुपचाप बस्नुले नेपालको साबाभौम सत्तामाथी भारतको कस्तो हस्तक्षेप छ भन्ने कुरा उदांग भएको छ ।

भैरहवामा बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको उद्घाटनमा आउनु भएका नरेन्द्र मोदि सङ्गै नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा समेत उपस्थित हुनु हुन्छ । बुद्ध जयन्तिको अबसर पारेर उद्घाटन गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको विभिन्न पुजा आजा सहित उद्घाटनको बेला सामाजिक सन्जालमा एउटा तस्बिर निकै भाइरल भै रहेको छ । तस्बिरमा पुजा चलिरहदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि हात जोडेर मौन धारण गरि बसि रहनु भएको छ भने नेपालका प्रधानमन्त्री दुबै हात बाधेर कुनै सभा सम्मेलनमा सभापतित्व गरि बस्नु भएको जस्तो देखिन्छ ।



प्रतिक्रिया