Breaking

सत्तामा बसेर पैसाको खोलो बगाएर गठबन्धनका दलहरुले चुनाव जिते: गुरुङ


काठमाडौँ — नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशमा भएका ठूला ठूला पार्टीहरू मिलेर एमालेको लोकप्रियता कमजोर बनाएर हराएको टिप्पणी गरेका छन् । लमजुङमा आयोजित एक कार्यक्रममा बोल्दै गुरुङ प्रतिक्रियावादीहरुले एमालेलाई कमजोर बनाउन खोजेपनि गण्डकीमा पहिलो नम्बर पार्टी भएको दाबी गरे ।

सत्तामा बसेर पैसाको खोलो बगाएर गठबन्धनका दलहरुले चुनाव जितेको बताए । पैसाको दुरुपयोग गरेर प्रहरी प्रशासनको सेटिङमा चुनाव जितेको गुरुङले आरोप लगाए । ‘सेटिङ गरेर गठबन्धन उम्मेदवार जिताउने काम भयो । सत्ताको दुरु

पयोग गरेर पैसाको खोलो बगाएर जनतालाई किन्ने प्रयास भयो। प्रहरी प्रशासन दुरुपयोग गरेर सेटिङ गरियो’ गुरुङले भने, ‘तर एमाले पैसा होइन विचार र राजनीतिलाई महत्व दिन्छ। इमान निष्ठालाई ध्यान दिन्छ ।