राजनीति

साँगाचोकगढी नगरपालिकामा माओवादी र एकीकृत समाजवादीको गठबन्धन विजयी


काठमाडौँ — सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी र एकीकृत समाजवादीको गठबन्धन जितेको छ । चौताराको प्रमुखमा भएको त्रिपक्षीय प्रतिस्पर्धामा गठबन्धनका तर्फबाट माओवादी केन्द्र र उपाध्यक्षमा एकीकृत समाजवादी विजयी भएका हुन् ।

नगरप्रमुखमा नेकपा एमालेका इन्द्रबहादुर नेपाललाई हराउँदै माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा निर्वाचित भएका छन् । सापकोटाले ११ हजार ७२ मत ल्याउँदा नेपालले ६ हजार ७८५ मत मात्रै ल्याए । कांग्रेसका केवशराज गिरीले ६ हजार २४५, राप्रपाका सुन्तली ढुंगेलले ९०६, मंगोल नेशनल अर्गनाइजेशनका संकबहादुर तामाङले १३० र स्वतन्त्रका कुमार श्रेष्ठले ११० मत पाए ।

यस्तै नगरको उपप्रमुखमा नेकपा एमालेकी बाल कुमारी सापकोटालाई पराजित गर्दै एकीकृत समाजवादी सीता थापा निर्वाचित भएकी हुन् । थापाले ९ हजार ७ २६ मत ल्याउँदासापकोटाले ६ हजार ८७७ मत मात्र पाइन् । यस्तै नेपाली कांग्रेसकी तुल्सी कुमारी श्रेष्ठले ५ हजार ७६०, राष्ट्रिय प्रजातन्त्र पार्टीका जित बहादुर भारतीले १ हजार ६२ र मंगोल नेशनल अर्गनाइजेशनका माया तामाङले ५० मत प्राप्त गरिन् ।