काठमाडौँ — सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुखमा कृष्णप्रसाद सापकोटा विजयी भएका छन् । ११ हजार ७२ मत प्राप्त गर्दै सापकोटाले एमालेका उम्मेदवार इन्द्रबहादुर नेपाललाई पराजित गरेका हुन् ।
नेपालले ६ हजार ७ सय ८५ मत प्राप्त गरेका छन् । यस्तै नेपाली काँग्रेसका केशवराज गिरीले ६ हजार २ सय ४६ मत पाएका छन् । निर्वाचित सापकोटा अग्नि सापकोटाका भाइ हुन् ।
उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी सीता थापा ९ हजार ७ सय २६ मत पाएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी बालकुमारी सापकोटाले ६ हजार ८ सय ७७ मत पाएकी छन् भने काँग्रेसकी तुल्सीकुमारी श्रेष्ठले ५ हजार ७ सय ६० मत पाएकी छन् ।


प्रतिक्रिया