Breaking

जुरी गाउँपालिकामा माओवादी केन्द्रको विजयी


काठमाडौँ — नेकपा माओवादी केन्द्रले धादिङको गजुरी गाउँपालिकामा विजय हासिल गरेको छ । माओवादीका गणेश लाल श्रेष्ठले ६ हजार ३०८ मतका साथ विजय हासिल गरेका छन् । सो पालिकामा एमालेका राजेन्द्र विक्रम बस्नेत ४ हजार ५१ मतका साथ पराजित भए ।

यस्तै उपाध्यक्षमा भने काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसकी शर्मिला विसुराल ५ हजार ६९९ मतका साथ विजयी भएकी हुन् । उनले एमालेकी भगवती खतिवडालाई पराजित गरेकी हुन् ।