Breaking

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा एक मतले जित हार


काठमाडौँ — उपाध्यक्षमा निर्वाचित कृष्णकुमारी कडरिया उपाध्यक्षमा निर्वाचित कृष्णकुमारी कडरिया ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको उपाध्यक्ष पदमा एक मतले नेकपा माओवादी केन्द्रका कृष्णकुमारी कडरिया विजयी भएकी छिन् । उनले स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई १ मतले पराजित गरेकी हुन् ।

माओवादी केन्द्रकी कृष्णकुमारीले २३७६ मत प्राप्त गरिन्। उनको निकटतम प्रतिद्वन्द्वी जीवनले २३७५ प्राप्त गरे। सिङदिङ्वा गाउँपालिका अध्यक्षमा एमालेका मानबहादुर राई विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका प्रदिप राईलाई पराजित गरेका हुन् । मानबहादुरले ३०८५ मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्वन्द्वी प्रदिप राईले २३८२ मत प्राप्त गरे । यो गाउँपालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।