Breaking

प्रधानमन्त्री देउवाका भाइको निधन


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रातृशोक परेको छ ।

उनका सहोदर भाइ प्रेमबहादुर देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको हो ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित भएर केही समयदेखि उपचाररत थिए ।