देश

चुनावी नतिजाबाट आत्तिनुपर्ने छैन: माधव नेपाल


काठमाडँैँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचन परिणामबाट आत्तिनुपर्ने नभएको बताएका छन् । मंगलबार पार्टी कार्यालयमा मदन स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रारम्भिक चुनावी परिणामबाट आत्तिनुपर्ने केहि नदेखिएको बताएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘चुनावी नतिजाबाट हामी आत्तिनुपर्ने छैन । प्रारम्भिक चरणमै हामीले हाम्रो पार्टीबाट ५ सय भन्दा बढि प्रतिनिधि निर्वाचित गरेका छौ, त्यसमा वडाध्यक्ष नै सय नाघेका छन्, १५ देखि २० वटा पालिका प्रमुख नै छन् ।’

उनले पार्टीभित्र र गठबन्धनमा निर्वाचनमा भएको सहकार्यबारे गम्भीर समिक्षा गर्ने भन्दै कतिपय ठाउँमा राम्रो भएपनि अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताए ।