Breaking

भरतपुरमा प्रहरी प्रशासनको आडमा पैसा बाँडियो: पोखरेल


काठमाडौँ — नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले पनि जनमतको हिसावले नेकपा एमाले नै देशको ठूलो पार्टी भएको दाबी गरेका छन् ।

मंगलवार पार्टीको पुरानो केन्द्रीय कार्यालय बल्खुमा आयोजित २९ औँ मदन–आश्रित स्मृति दिवसमा उनले यस्तो बताएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन राजनीतिमा मुलुकलाई प्रतिगामी दिशातिर लैजान लागि परेको गठबन्धनको बिरुद्धमा सम्पूर्ण लोकतन्त्रका पक्षधर एकजुट हुन आवश्यक रहेको बताए ।

उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको पक्षमा संख्यात्मक रुपमा कम जित आएपनि जनमतको आधारमा नेकपा एमाले नै देशको ठूलो पार्टी भएको बताए