देश

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा अध्यक्षमा कांग्रेसका कार्की र उपाध्यक्षमा माओवादीका शेर्पा विजयी


काटमाडौँ — ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा नेपाली काङग्रेसका भक्त बहादुर कार्की बिजयी भएका छन् । नेकमा माओवादी केन्द्रसंग..गठबन्धन रहेका नेपाली काङग्रेसले जीत हासिल गरेको हो । नेपाली कांग्रेसका भक्तबहादुर कार्की २ हजार २३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिवश लिम्बूलाई ५९ मतले पछि पार्दै निर्वाचित भएका हुन् । लिम्बूले १ हजार ९ सय ६४ मत प्राप्त गरे । यस्तै पालिकाको उपाध्यक्ष तर्फ गठबन्धनकै नेकपा माओवादी केन्द्रका डण्डु शेर्पा विजयी भए । शेर्पाले २ हजार १ सय ७४ मत प्राप्त गर्दै उनका प्रतिस्पर्धी एमालेकी मिनाकुमारी केदेमले १ हजार ७ सय ४३ मत प्राप्त गरिन् ।