Breaking

एमालेले संसद् अवरोध जारी राख्ने


काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसदमा अवरोध जारी राख्ने भएको छ ।

मंगलवार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एमालेले अहिलेसम्म पार्टीले कुनै नयाँ निर्णय नलिइसकेको बताएका हुन् ।

उनले संसदमा निर्विरोध उपस्थिति हुने कि नहुने भन्ने बारेमा पार्टीले नयाँ निर्णय नलिसकेको तर छलफलमा रहेको बताए । उपाध्यक्ष नेम्वाङले स्थानीय निर्वाचनको मत परिणाम आइरहेकोले त्यसलाई ध्यानमा राखेर नयाँ निर्णयमा पुग्ने बताए ।

उपाध्यक्ष नेम्वाङले भने, ‘हामी अहिले नयाँ निष्कर्षमा पुगिसकेका छैनौँ । तर हामी छलफलमा पनि छौँ । स्थानीय निकायको निर्वाचनको सम्बन्धमा जनताको बीचमा गएका छौँ । जनताले एउटा निष्कर्ष दिएका छन् त्यो निष्कर्षमा पूर्णता आउन बाँकी छ । यो सबै सन्दर्भलाई हामी ध्यानमा राखेर विचार गरिरहेका छौँ । तर अहिले नै नयाँ निर्णयमा पुगिसकेका छैनौँ ।’