Breaking

२५६६औँ बुद्धजयन्ती, बुद्धभूमि लुम्बिनीबाट मोदीले दिए यस्तो सन्देश


काठमाडौँ — आज बुद्धजयन्ती, भगवान गौतम बुद्धको २५६६औँ जयन्ती विभिन्न कार्यक्रम गरी मनाईएको छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वभरका बौद्धमार्गीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिका साथ बुद्धजयन्ती मनाएका छन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन शान्तिका अग्रदुत गौतमबुद्धले विश्वमा शान्ति स्थापनार्थ पु¥याएको योगदानको स्मरणस्वरुप बुद्धजयन्ती मनाउने गरिन्छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । भतmजनहरुले चैत्य, गुम्बा, विहारलगायतका धार्मिक स्थलहरुमा पुगेर पुजापाठ गरेर यो पर्व मनाउने गर्दछन् । गत वर्ष कोरोना महामारीका कारण घरघरमा नै द्धीप प्रज्जवलन गरेर बुद्धजयन्ती मनाएका श्रदालुहरुले यो वर्ष खुला रुपमा बौद्ध मन्दिरहरुमा पुगेर श्रदाभाव व्यत गरेका छन ।

वुद्धजयन्ती मनाएका छन । २५६६औँ बुद्ध जयन्तीको अवसरमा वुद्धको जन्मस्थल लुम्बिनीमा विशेष समारोह सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धजयन्तीको अवसरमा लुम्बिनीको भ्रमण गरेका छन । प्रधानमन्त्री शेर बहादुर देउवा र समकक्षी मोदीले बुद्ध जयन्तीको अवसरमा विशेष सम्बोधन गरेका छन । सोमवार बुद्धभूमि लुम्बिनीसँगै बुद्धजयन्तीको अवसरमा दशैभर विभिन्न कार्यक्रमहरु आयोजना भयो भने बौद्ध, गुम्बा, विहारहरुमा भतmजनहरुको घुँइचो रह्यो ।

आजको दिन भगवान बुद्धले दिएका शान्ति, अहिंसा, मैत्री र करुणाको सन्देशलाई विशेष स्मरण गरिन्छ । विश्व जगतमा शान्तिका अग्रदूत र एशियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । नेपाललगायत बौद्ध धर्माबलम्बी रहेको देशहरुले बुद्ध जयन्तीका दिन सार्वजनिक विदा दिने गरेका छन् । बुद्धले पहिलो पटक सारनाथमा प्रवचनका माध्यमबाट प्राप्त ज्ञान बाँड्न सुरु गरेका थिए । बुद्धले इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाका दिन कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरे थिए ।