राजनीति

कालीकोटको तिलागुफा नगरपालिकामा कांग्रेसका मेयरमा निर्वाचित


काठमाडौँ — कालीकोटको तिलागुफा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शंकरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । दुई हजार ९१६ मत ल्याएर उनी मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिनेश चँदाराले दुई हजार ५४० मत पाएका छन् भने नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालाले ७८० मत पाएका छन् । त्यस्तै उपप्रमुखमा नेकपा एमालेका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । उनले दुई हजार ७५९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गीताकुमारी वली ९थापा० ले दुई हजार ४१५ मत पाएकी छिन् । तिलागुफामा ०७४ मा माओवादीका रतनबहादुर शाही र उपप्रमुखमा दन्ता नेपाली निर्वाचित भएका थिए । यो नगरपालिकामा नेकपा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा थियो भने नेकपा एमाले र नेपाली कांग्रेसले तालमेल गरेका थिए ।