देश

हेटौंडा उपमहानगरमा राप्रपा र नेकपा एमालेबीच प्रतिस्पर्धा


काठमाडौँ — हेटौंडा उपमहानगर प्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मीना कुमारी लामाले अग्रता कायम राखेकी छन् । १५ हजार २५५ मत गन्दा लामाले ४ हजार ७२९ मत पाएकी हुन् । उपमहानगर प्रमुखमै राप्रपाका दिपक बहादुर सिंहले ४ हजार ४४९ मत पाएका छन् भने नेकपा एमालेका अनन्त पौडेलले ४ हजार ६ मत पाएका छन् । अहिलेसम्मको मतगणना हेर्दा यो पालिकामा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । यहाँ सत्तारुढ गठबन्धन, राप्रपा र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको हो ।