देश

हालसम्म कुल १३ हजार ५८२ जना उम्मेदवार निर्वाचित


काठमाडोँ — निर्वाचन आयोगले शुक्रबार निर्वाचन अवरुद्ध भएका २९, उम्मेदवारको मृत्यु भएका कारणले जेठ ३ गते निर्वाचन हुने २ र गोरखा चुनगुम्ब्री गाउँपालिका बाहेक बाँकी सबै पालिकामा मतगणना जारी रहेको जनाएको छ । आयोगले मत परिणाम आउने क्रम जारी रहेको पनि जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १३० पालिकामा निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको जानकारी दिए । उनका अनुसार सोमबार दिउँसो ३ः ३० बजेको विवरण अनुसार प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३, उपाध्यक्ष ११७, वडाध्यक्ष २ हजार ६७९ ५ हजार ३१८ सदस्य, महिला सदस्य २ हजार ६७८ र दलित महिला सदस्य २ हजार ६४७ गरी कुल १३ हजार ५८२ जना उम्मेदवार निर्विरोध समेत गरी निर्वाचित भएका छन् ।