देश

दाङको राजपुर गाउँपालिकामा काँग्रेस विजयी


काठमाडौँ — दाङको राजपुर गाउँपालिका अध्यक्षमा सरदकुमार बुढाथोकी र उपाध्यक्षमा धनपति यादव विजयी भएका छन्। काँग्रेसका बुढाथोकीले ३९८० मत ल्याइ विजयी भएका छन्। नेकपा माओवादी केन्द्रका चक्रबहादुर खड्का‘शिखर’ले ३१६७ मत ल्याइ पराजित भएका हुन्। काँग्रेसका बुढाथोकी र माओवादीका खड्काबीच मतान्तर ८१३ मत छ । नेकपा एमालेका कुलराज गिरीले २९२२ मत मात्रै ल्याएका छन्। यस्तै उपाध्यक्षमा काँग्रेसकी धनपति यादवले ३८३६ मत ल्याएर विजयी भएकी छिन् भने माओवादीकी पुष्पा यादवले ३३४८ मत ल्याएर पराजित भएकी छिन् एमालेकी सीता यादवले २९०७ मत ल्याएकी हुन्। कुल मतदाता १५७२३ छन् ।