राजनीति

रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी


काठमाडौँ — रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रका शुकबहादुर बुढामगर तीन हजार ३११ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वकुमार चन्दले तीन हजार १३१ मत प्राप्त गरेका छन । गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी कलादेवी खत्रीनी तीन हजार ३८७ मत प्राप्त गरी निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सपना बुढामगरले दुई हजार ३०८ मत प्राप्त गरेकी छिन् । सो गाउँपालिकोको वडा नंं १, २, ४, ५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । वडा नंं ३ र ६ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । सो गाउँपालिकामा कांग्रेस–एमाले–एकीकृत समाजवादी–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा परिवर्तन गाउँपालिका नेकपा माओवादी केन्द्रले क्लीन स्वीप गरेको थियो ।